• बैशाख २७ २०८३, आईतवार

कास्की -१ मा एमालेका गुरुङको अग्रता कायम

मंसिर ७ २०७९, बुधबार

काठमाडौं । कास्की क्षेत्र नम्बर १ मा जारी मतगणनाको पछिल्लो नतिजा प्राप्त भएको छ। पछिल्लो नतिजाअनुसार नेकपा एमालेका उम्मेदवार मनबहादुर गुरुङले अग्रता कायम राखेका छन्।

कास्की १ मा एमाले उम्मेदवार गुरुङ ९ हजार ९० मतसहित अगाडि छन्। गुरुङका प्रतिस्पर्धी नेपाली कांग्रेसका किशोर दत्त बरालले ८ हजार २२ मत ल्याएका छन्।