• बैशाख २७ २०८३, आईतवार

अग्नि खरेललाई पराजित गर्दै विश्वप्रकाशको जित निश्चित

मंसिर ७ २०७९, बुधबार
झापा ।  झापा क्षेत्र नं. १ मा विश्वप्रकाश शर्माको जित निश्चित भएको छ ।

पछिल्लो मतगणनाअनुसार शर्माले ३४ हजार ५ सय ८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २१ हजार ८ सय २८ मत ल्याएका छन् ।

अब झापा – १ मा ११ हजार ३ सय ९१ मत गन्न बाँकी हुँदा शर्मा अग्निभन्दा १२ हजार ६ सय ८० मतले अगाडि रहेकोले उनको जित निश्चित भएको हो ।