• जेष्ठ ६ २०८३, बुधबार

गुल्मीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु ५ जना घाइते

मंसिर ७ २०७९, बुधबार

गुल्मी । गुल्मी सत्यवती गाउँपालिका-३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

बुधबार राति साढे २ बजे सो जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा सत्यवती गाउँपालिका-३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापती, २५ वर्षका मिलन तरामोको रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताए । सत्यवती-३ का ३३ वर्षका कार्बाJलिन सोमै, ४३ वर्षकी जमुना सोमै, ३२ वर्षका चेतमान सिङ्जाली, ४९ वर्षका गिरबहादुर राहादी र खण्डन सोमै रहेको आचार्यले बताए ।

घाइते ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको सत्यवती गाउँपालिका–३ का वडाअध्यक्ष जीतबहादुर त्रामुमगरले बताए ।