• बैशाख २७ २०८३, आईतवार

काठमाडाैं-१० मा कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित

मंसिर ७ २०७९, बुधबार

काठमाडाैं । काठमाडाैं क्षेत्र नं १० बाट  नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित भएका छन् ।

उनी एमालेका हिमेस केसीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । औपचारिक घाेषणा हुन केही समय लाग्ने निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले बताइन् ।

देशका अधिकांश स्थानमा गठबन्धन गरेकाे माओवादी केन्द्र र कांग्रेस यस क्षेत्रमा भने प्रतिस्पर्धामा उत्रिएका थिए । माओवादी केन्द्रकी अन्जना विशंखे उमेदवार बनेकी थिइन् ।