• बैशाख २७ २०८३, आईतवार

काठमाडौं-४ मा गगन थापा विजयी

मंसिर ६ २०७९, मंगलवार

काठमाडौं । काठमाडौं-४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् । थापाले फराकिलो अन्तरले नेकपा (एमाले)का राजन भट्टराईलाई हराउँदै विजयी भएका हुन् ।

भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे । गगन थापाले २१ हजार ३०१ मत पाए भने एमालेका उम्‍मेदवार १३ हजार ८५५ मात्र मत ल्याए ।