काठमाडौं । नेकपा (माओवादी केन्द्र)का १० उम्मेदवारले अग्रता लिएका छन् । पछिल्लो परिणाम अनुसार प्रतिनिधि सभातर्फ मत गणना हुँदा उसका १० उम्मेदवारले अग्रता लिएका हुन् ।
१. गोरखा २ मा उठेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४८ सय ३२ मत ल्याएका छन् ।
२. यता महोतरी १ मा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले १७ सय ३३ मतले अग्रता लिएका छन् ।
३. रोल्पामा माओवादी केन्द्रका उपाध्यक्ष वर्षमान पुन ४५ सय ५७ मतसहित अघि छन् ।
४. जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले ३ हजार ५६ मत ल्याएका छन् ।
५. सर्लाही २ मा माओवादी केन्द्रका महिन्द्रा राय यादव ११ सय १३ मतसहित अघि छन् ।
६. दाङ(२ मा माओवादी केन्द्रकी रेखा शर्माले ५३ सय ९६ मत सहित अग्रस्थानमा छिन् ।
७. मोरङ(४ मा माओवादी केन्द्रका अमनलाल मोदी अघि छन् । उनले ५ हजार ७ सय ९२ मत ल्याएका छन् ।
८. खोटाङमा पनि माओवादी केन्द्रकै अग्रता छ । त्यहाँ माओवादी केन्द्रका रामकुमार राईले १४ सय ३१ मत ल्याएका छन् ।
९. भोजपुरमा माओवादीका सुदन किराँती अगाडि छन् । किराँतीले १९ सय ७२ मत प्राप्त गरेका छन् ।
१०. सिन्धुली(२ मा माओवादी केन्द्रका लेखनाथ दाहालले ५ हजार ८ सय ३६ ल्याएर अगाडि छन् ।