• बैशाख २७ २०८३, आईतवार

डडेल्धुरामा देउवालाई पछ्याउँदै सागर ढकाल

मंसिर ५ २०७९, सोमबार

काठमाडौं । डडेल्धुरामा नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अग्रता कायम राखेका छन्।

यहाँ अहिलेसम्म ५७०६ मत गन्दा देउवाले २७५६ मत पाएका छन्। उनलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार सागर ढकाल १५२४ मत पाएर दोस्रो स्थानमा छन्। त्यस्तै बिपी कांग्रेसका कर्ण मल्लले ८९९ मत पाएका छन्।