काठमाडौं । सिन्धुपाल्चोकका दुवै क्षेत्रको मतगणना बेलुका ५ बजेपछि मात्र सुरु हुने भएको छ । सर्वदलीय निर्णयअनुसार ५ बजेपछि मात्र मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
सिन्धुपाल्चोकका १ मा गठबन्धनका तर्फबाट नेकपा माओवादीका माधव सापकोटा र एमालेको तर्फबाट सुरेश नेपाल र २ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत र एमालेका शेरबहादुर तामाङबीच प्रतिस्पर्धा रहने अनुमान गरिएको छ।