इलाम । इलाममा मतगणना सुरु भएको छ । इलाम क्षेत्र नं. २ को इलाम सदरमुकामस्थित गौतम बुद्ध सभा गृहमा मतगणना सुरु भएको हो । क्षेत्र नं. २ को ‘ख’ बाट मतगणना थालिएको छ ।
सो क्षेत्रमा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासहित प्रतिनिधि सभाका लागि १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।