काठमाडौं । काठमाडौं- ४ मा कांग्रेस उम्मेदवार गगन थापाले मतान्तर बढाएका छन्। प्रारम्भिक मत गणनामा उनी एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४०९ मतले अगाडि छन्।
पछिल्लो मत परिणाम अनुसार कांग्रेसका गगन थापाले १ हजार ३ सय ५८ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका एमालेका राजन भट्टराईले ९ सय ४९ मत ल्याएका छन् । अहिलेसम्म २७०५ मत गणना गरिएको छ।