• जेष्ठ ६ २०८३, बुधबार

बाजुरामा थप एक जनाको मृत्यु, प्रहरीको राइफल अझै भेटिएन

मंसिर ५ २०७९, सोमबार

काठमाडौँ ।  बाजुरामा दुई समूहबीच भएको झडपमा परी थप एक जनाको मृत्यु भएको छ । गए राति नेपाली कांग्रेसका कार्यकर्ताको कुटपिटबाट त्रिवेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मृत्यु भएको बयलपाटा अस्पतालका प्रमुख डा. मन्दिप पाठकले जानकारी दिए ।

बाजुराको त्रिवेणी नगरपालिका-७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर अएडीको मृत्यु भएको हो ।

मतदानका क्रममा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । घाइतेहरुलाई भने उपचारको लागि अस्पताल लगिएको छ ।