• बैशाख २७ २०८३, आईतवार

भक्तपुर क्षेत्र नं २ मा मतगणना जारी,महेश बस्नेतलाई पछि पार्दै दुर्लभको अग्रता

मंसिर ५ २०७९, सोमबार

भक्तपुर  । भक्तपुर क्षेत्र नं २ को मतगणनामा जारी छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा जाँदा सुरु भएको मतगणनामा अहिलेसम्म प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा (एमाले)का उम्मेदवारलाई पछाडि पार्दै कांग्रेसले अग्रता लिएको हो ।

गठबन्धनका उम्मेदवार कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई छ सय मतान्तरले अग्रता लिएका छन् । मध्यपुरथिमि नगरपालिका–३ कौशलटार, सूर्यविनायक नगरपालिका–१ सिरुटार र सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीनवटा मतदान केन्द्रका मतगणनामा कांग्रेसले दुई हजार तीन सय ३० मतले अग्रता लिएको छ । एमाले एक हजार छ सय ३२ मत ल्याउँदा राष्ट्रियता प्रजातन्त्र पार्टीले दुई सय ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले चार सय २४ र नेपाल मजदुर किसान पार्टीले दुई सय ५० मत प्राप्त गरेको छ । मतगणना जारी रहेको छ ।