• बैशाख २७ २०८३, आईतवार

काठमाडौँका चार स्थानमा मतगणना सुरु

मंसिर ५ २०७९, सोमबार

काठमाडौँ ।  सोमबार बिहानदेखि काठमाडौँका चार स्थानमा मतगणना सुरु भएको छ। मतगणना स्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले मतगणना स्थलमा सुरक्षा प्रदान गरिरहेका छन्।

काठमाडौँ निर्वाचन क्षेत्र नं ७ को मतगणना काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा मतगणना सुरु गरिएको हो। सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन्।

मतगणनालाई सुरक्षित बनाउन तार जालीको व्यवस्था गरिएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिइन्। गणना स्थलमा उम्मेदवार र राजनीतिक दलको एक एक जना प्रतिनिधिलाई सहभागी गराइएको छ। सो क्षेत्रमा करिब ६० प्रतिशत मत खसेको थियो।

सो क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र०का अस्मिता सिंह ९मानुषी० यमि भट्टराई, नेकपा ९एमाले०का श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरलगायत प्रतिस्पर्धामा छन्।