काठमाडौं। दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएको छ ।
हवाई फायर पछि मतदान रोकिएको र मतदान सञ्चालनका लागि पहल भइरहेको बताइको छ ।
मत हाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाइएको थियो । त्यसपछि समान्य विवादमा प्रहरीले सम्झाउने क्रममा एक जना महिलाको टाउकोमा लठ्ठीले लागेको थियो ।
त्यसपछि स्थानीयबासिन्दाले आक्रोशित हुँदै ढुंगामुठा गर्न थालेपछि ३ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।