काठमाडौं । हुम्लाकाे चङ्खेली गाउँपालिका-५ नेप्कास्थित डाँफे आधारभूत विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच झडप भएकाे छ ।
एक पक्षले अर्कै को नाममा भोट खसालेपछि विवाद सिर्जना भएको थियो । सोही क्रममा उत्पन्न विवादले उग्ररुप लिंदा मतदानस्थल सुरक्षाका लागि खटिएका एक जना प्रहरी सहायक निरीक्षक (असई) घाइते भएका छन् ।
सत्ता गठबन्धनकै युवाको दुई समूहबीच झडप हुँदा मतपेटिका समेत फुटेकाे मतदान अधिकृत साजन ऐडीले जानकारी दिए ।