• बैशाख २७ २०८३, आईतवार

नेकपा (बहुमत)का कार्यकर्ताले कास्कीमा मतपेटिका फुटाए

मंसिर ४ २०७९, आईतवार

काठमाडौं । नेकपा बहुमतका एक कार्यकर्ताले कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा मतपेटिका फुटाएका छन् ।

माछापुच्छ्रे गाउँपालिका–९ बस्ने ३२ वर्षीय सूर्य परियारले आज बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए । उनले मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो ।

बिहान करिब सवा ११ बजे पुनः मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मतपेटिका फुटाएका परियारलाई प्रहरी निरीक्षक समीक्षा घिमिरे नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ ।