• बैशाख २७ २०८३, आईतवार

चुनावको विषयमा झडप हुँदा सर्लाहीमा १ जनाको मृत्यु

मंसिर ४ २०७९, आईतवार

काठमाडौं । चुनावको विषयलाई लिएर भएको विवादले उग्र रुप लिँदा सर्लाहीमा १ जनाको मृत्यु भएको छ।

गोडैता नगरपालिका-६ बगदहमा चुनावको विषयलाई लिएर दुई पक्षबीच कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीय रामएकबाल रायको शनिबार राति मृत्यु भएको हो।

झडपमा परेर ६ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोडैताबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि कृष्ण मेडिकल एण्ड रिसर्च सेन्टर जनकपुर पठाएकोमा उपचारको क्रममा रायको मृत्यु भएको हो।