काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कुल मतदाताको करिब ७० प्रतिशत मत खस्ने प्रक्षेपण गरेको छ। निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता सूचीकृत छन्।
प्रमुख आयुक्त थपलियाले यसपटक ७० प्रतिशतभन्दा बढी मत खस्ने सम्भावना रहेको बताए। २ दिन बिदा भएकाले पनि मतदानमा नागरिकहरू उत्साहित भएको उनको दाबी छ।