• बैशाख २७ २०८३, आईतवार

अर्थमन्त्री शर्माद्वारा रुकुम पश्चिमबाट मतदान

मंसिर ४ २०७९, आईतवार

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट मतदान गरेका छन्।

नेकपा माओवादी केन्द्रका नेता शर्माले आज बिहान ७ बजे श्री यमुना नन्द नमुना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट न पा, ५ सेरीगाउ रुकुम पश्चिममा मतदान केन्द्रबाट मतदान गरेका हुन्।

शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार पनि हुन्।