काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदानमा सहभागी भएर लोकतन्त्रको उत्सव मनाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री देउवाले बिहीबार भिडियो सन्देश सार्वजनिक गर्दै मतदानमा उत्साहाका साथ सहभागी हुन आग्रह गरेका हुन्। देउवाले निर्वाचनमा दिइएको अमूल्य मतदानले मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने भन्दै देउवाले गठबन्धनलाई जिताउन आह्वान गरेका छन्।
पटक प्रतिनिधिसभा विघटन गरेपछि बनेको गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गर्दै उनले प्रत्यक्षतर्फ गठबन्धन र समानुपातिकतर्फ कांग्रेस उम्मेदवारलाई जिताउन आग्रह गरे ।
‘प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारलाई र समानुपातिकतर्फ नेपाली कांग्रेसको रुख चिह्नमा मतदान गरौं’, देउवाले भने।