• बैशाख २७ २०८३, आईतवार

चितवन २ मा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड

कार्तिक ३० २०७९, बुधबार

काठमाडौं । चितवन क्षेत्र नं. २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठले चुनावी प्रचारमा प्रयोग गरेको गाडी तोडफोड भएको छ।

बुधबार बिहान भरतपुर महानगरपालिका–१० पुरानो मेडिकल कलेजनजिकै आमा समूहको कार्यक्रममा सहभागी हुने क्रममा अज्ञात समूहले गाडी तोडफोड गरेको हो ।

तीनवटा मोटरसाइकलमा आएका समूहले ढुंगा हानेर गाडीको सिसा फुटाइदिएको स्थानीयले बताएका छन्। बा ३ च २०५० नम्बरको हरियो रंगको गाडीमा तोडफोड हुँदा अगाडिको सिसा फुटेको छ।