• जेष्ठ ५ २०८३, मंगलवार

झापामा भयो यस्तो अचम्म ! बसले ठक्कर दिँदा श्रीमान–श्रीमतीको ज्यान गयो

कार्तिक २९ २०७९, मंगलवार

काठमाडौं । झापामा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । मंगलबार दिउँसो जिल्लाको कन्काई नगरपालिका वडा नम्बर ७ स्थित दुर्गापुरमा को १ ख ६७९४ नम्बरको बसले मे ७ प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका वडा नम्बर ६ बस्ने नरेन्द्र मैनाली र पछाडी सवार उनकै श्रीमती सीतादेवी मैनालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइते अवस्थामा उनीहरुलाई अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले बस चालक मोरङ सुन्दरहरैचाका भुपाल देवानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।