• श्रावण १० २०८३, आईतवार

वैदेशिक रोजगार विभागका नासु ३० हजार घुससहित पक्राउ

कार्तिक २९ २०७९, मंगलवार

काठमाडौं। वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डे ३० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सेवाग्राही घुस लिइरहेको अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।

पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीबाट ३० हजार घुस मागेका थिए ।

घुससहित पक्राउ परेका पाण्डेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।