• बैशाख २७ २०८३, आईतवार

गठबन्धन टुटाउन झगडा लगाउने तत्व लागिपरेको छ : प्रधानमन्त्री देउवा

कार्तिक २९ २०७९, मंगलवार

काठमाडौं। प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन टुटाउनका लागि झगडा लगाउने तत्व लागि परेको बताएका छन् ।

आफूहरुको बीचमा असहमति पैदा गरी गठबन्धन फुटाउन एकथरी तत्व लागेको बताउँदै त्यसमा कसैले पनि चिन्ता नगर्न आग्रह गरे ।

समावेशी संविधान बचाउन गठबन्धन भएको बताउँदै देउवाले पाँच दलिय गठबन्धन चुनावपछि पनि कायम रहनेमा कसैले शंका नगर्न आग्रह गरे ।

लोकतान्त्रिक बाम गठबन्धनले मंगलबार नवलपरासीको बर्दघाटस्थित चौपातामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाले नेपालमा जस्तो समावेशी र आरक्षणसहितको संविधान अन्य कुनै देशमा नभएको दाबी गरे ।