• बैशाख २७ २०८३, आईतवार

रेखा थापालाई भोट दिन करिष्माको अपील

कार्तिक २९ २०७९, मंगलवार

काठमाडौं । नेपाली चलचित्र अभिनेत्री करिष्मा मानन्धरले अर्की अभिनेत्री रेखाका लागि भोट दिनका लागि अपील गरेकी छिन् । मोरङ–३ बाट राप्रपा उम्मेदवार बनेकी रेखा यसपटक अत्यधिक चर्चित बनेकी छिन् ।

करिष्माले आफ्नो सामाजिक सञ्जालमार्फत् रेखाका लागि भोटको अपिल गरेकी हुन् । उनले लेखेकी छिन्,‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका सम्बाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारहरुले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौँ लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्याउने हो । ’