• जेष्ठ ५ २०८३, मंगलवार

८ अर्ब पुग्यो विश्वको जनसंख्या

कार्तिक २९ २०७९, मंगलवार

काठमाडौं । पृथ्वीको जनसंख्या ह्वात्तै बढेको छ । विश्वको जनसंख्या बढेर ८ अर्ब पुगेको छ । सय करोडबाट २०० करोड पुग्न १२५ वर्ष लाग्यो तर ७०० बाट ८०० करोड पुग्न १२ वर्ष मात्रै लागेको छ । १५ नोभेम्बर २०२२ मा धर्तीमा मानिसको जनसंख्या ८ करोड पार हुने यसअघि नै प्रक्षेपण गरिएको थियो । संयुक्त राष्ट्रले यो वृद्धिका लागि विज्ञान, प्रविधि, नयाँ परिवर्तन, लामो उमेर र स्वस्थ जीवनलाई जिम्मेवार बताएको छ ।

मानिसको जनसंख्या वृद्धिको दर केही दशकमा खस्किरहेको छ । तर यति हुँदा हुँदै पनि सन् २०३७ सम्म हाम्रो जनसंख्या ९०० करोड र २०५८ सम्म १,००० करोड पुग्नेछ । यस्तो अनुमान ग्ल् म्भ्क्ब् को वरल्ड पपुलेसन प्रसपेक्ट्स २०२२ को रिपोर्टमा लगाइएको छ । संयुक्त राष्ट्रको पपुलेसन फन्डकी प्रमुख नटालिया कानेमले यो मानवीय इतिहासको कोसेढुङ्गा सावित हुने बताएकी छिन् किनभने अहिले आमा र बच्चाको मृत्यु कम हुनेगर्छ ।

नटालिया भन्छिन्,‘मलाई मानिसको बढ्दो जनसंख्यासँग कुनै डर छैन । डर यो कुराको छ कि यसले स्रोत साधनको खपत तीब्र रुपमा बढ्नेछ । यो कुराको चिन्ता सबै देशले गर्नुपर्छ । विशेषगरी ती देशले जहाँ प्रजनन दर बढि छ । धेरै मानिसहरु यस्ता कुरामा मतलब नै गर्दैनन् । रकफेलर युनिभर्सिटीको लेबोरेटरी अफ पपुलेसनका जोएल कोहेनले ‘के म धर्तीमा अतिरिक्त छु ?’ भनेर प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘धर्तीले हामी मानिसको बोझ कसरी सहन्छ । यसका दुई पक्ष छन्–पहिलो, प्राकृतिक सीमा र दोस्रो, मानिससँग भएका विकल्प ।’
जति धेरै प्राकृतिक स्रोध साधनको खपत हुन्छ, मुश्किल त्यति नै बढ्नेछ ।

जोएल थप्छन्,‘हाम्रो विकल्पले यो निश्चित गर्नेछ कि मानिसले कति धेरै जैविक स्रोतको प्रयोग गर्छन् । जस्तै जमिन, जल र जंगल । यदि पृथ्वीले यी चिजलाई लगातार हरेक वर्ष तीब्र गतिमा पैदा गर्छ भने मानिसले यसको प्रयोग वा खपत गर्न सक्छन् तर खपत बढी भयो र पृथ्वीले सही समयमा पैदा वा संरक्षित गर्न सक्दैन भने मुश्किल बढ्नेछ । जमिनका लागि जंगल फँडानी हुनेछ । फँडानी हुँदा जलमा कमी आउनेछ । नतिजा प्राकृतिक प्रकोप ।’

मानिसको बानी नै हो–‘लोभ र मुर्खतापूर्ण काम गर्नु’ जोएल भन्छन्,‘मुर्खतापूर्ण काम गर्नु र लोभ गर्नु मानिसको बानी नै हो । थप इन्धनका लागि जीवाश्म इन्धनको दुरुपयोग हुनेछ । फलस्वरुप कार्बन डाइअक्साइडको उत्सर्जन बढी हुनेछ । यसका कारण धर्तीमा ग्लोबल वार्मिङ बढ्नेछ । हिमनदी पग्लिनेछन् । समुद्रको जलस्तर बढ्नेछ । जमिन समुद्रमा समाहित हुनेछ । मौसम बदलिनेछ । अत्यधिक गर्मी हुनेछ । बेमौसमी वर्षा हुनेछ । चिसो छोटो वा लामो हुनसक्छन् ।’

बढ्दो जनसंख्याको हिसाबले मानिसलाई चाहिन्छ १.७५ धर्ती डब्ल्यूडब्ल्यूएफ र ग्लोबल फुटप्रिन्ट नेटवर्ककका अनुसार जुन गतिमा मानिसको जनसंख्या बढिरहेको छ, त्यो हिसाबले हामीलाई धर्ती कम हुनेछ । मानिसको आवश्यकता पूरा गर्नका लागि १.७५ धर्ती थप चाहिन्छ । अर्थात्, अहिले जति छ त्यसमा ७५ प्रतिशत थप चाहिन्छ । अब यस्तो त हुन सक्दैन । हालै सार्वजनिक भएको संयुक्त राष्ट्रको जलवायु सम्बन्धि रिपोर्ट अनुसार ग्रीनहाउस ग्यास बढी उत्सर्जन हुनुको मुख्य कारण नै बढ्दो जनसंख्या हो । जबकी बढ्दो जनसंख्या आर्थिक विकासमा पनि मद्दत गरिरहेको छ । जोएल कोहेनका अनुसार हामी मानिसलाई भविष्य हेर्न आउँदैन ।

सबैभन्दा बढी जनसंख्या यी आठ देशमा बढ्नेछ, जसलाई नियन्त्रण गर्न सकिने छैन संयुक्त राष्ट्रको रिपोर्ट अनुसार सन् २०५० सम्म विश्वका जुन आठ देशमा सबैभन्दा तीब्र गतिमा जनसंख्या बढ्नेछ, ती हुन्– कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया । सन् २०५० सम्म जति पनि जनसंख्या बढिरहेको छ, त्यसमध्ये आधाभन्दा बढी योगदान अफ्रिकाको सब–सहारन देशको रहनेछ ।