• बैशाख २७ २०८३, आईतवार

कुनै चलखेल नभए मेरो जित सुनिश्चित नै छ: सागर ढकाल

कार्तिक २७ २०७९, आईतवार

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले कुनै चलखेल नभएर आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। भारत र खाडीमा रहेका डडेल्धुरावासीले आफूलाई जिताउन घरमा दिनदिनै फोन गरेर आफूलाई मतदान गर्न भनेका बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कुनै चलखेल नभए जित सुनिश्चित नै छ । इन्डिया, खाडीमा हुनुभएका सम्पूर्ण डडेल्धुरा बासिन्दाले घरमा दिनदिनै फोन गरेर सागर ढकाललाई सुइमा मतदान गर्न भन्नुहोला ।’ उनले आफूलाई जिताउनका लागि सबैलाई छिटोभन्दा छिटो डडेल्धुरा आउन आग्रह गरेको बताएका छन्।