• बैशाख २७ २०८३, आईतवार

आज ओली सुदूरपश्चिम जाँदै, तीन चुनावीसभालाई सम्बोधन गर्ने

कार्तिक २६ २०७९, शनिबार

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज (शनिबार) चुनावीसभालाई सम्बोधन गर्न सुदूरपश्चिम प्रदेश जाँदैछन् ।

१८ कात्तिकमा दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेर हालै मात्र काठमाडौं फर्किएका ओली फेरि सुदूरपश्चिम जान लागेका हुन् ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले आज तीन स्थानका चुनावी सभालाई सम्बोधन गर्ने छन् ।

ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

ओलीले १८ कात्तिकमा दाुर्चला, बैतडी र महेन्द्रनगरका तीन वटा सभालाई सम्बोधन गरेका थिए ।