• बैशाख २७ २०८३, आईतवार

अफगानिस्तानका ५ जना नागरिक टर्कीमा मारिए, छुरा हानिएको अवस्थामा शव फेला परे

कार्तिक २५ २०७९, शुक्रबार

काठमाडौँ  । टर्कीको प्रहरीले राजधानी अङ्काराको एउटा घरमा छुरा प्रहार गरी हत्या गरिएका पाँच जना अफगान नागरिकको शव फेला पारेको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् ।

पाँच जना पुरुषहरूको शव बिहीबार अङ्काराक अल्टिन्डाग जिल्लाको ओन्डर नजिकमा फेला परेको थियो । सो घरमा थुप्रै सिरियाली र अफगान आप्रवासीहरूको बसोबास भएको दैनिक हुर्रिएट डेली न्यूजले  उल्लेख  गरेको छ।

अङ्कारा अभियोजकको कार्यालयले जनाए अनुसार एक शव पछाडिबाट हतकडी लगाएको  र वार्डरोब भित्र फेला परेको थियो भने अन्य चार बैठक कोठामा फेला परेको थियो ।

टर्किएमा ५० लाखभन्दा बढी आप्रवासीहरू छन् जसमध्ये  ३७ लाखभन्दा बढी सिरियाका छन्। त्यसैगरी अफगानिस्तानीहरू दोस्रो ठूलो आप्रवासी समुदाय हो। अहिले यहाँ शरणार्थीहरूको तीव्र दबाब बढेको छ।