काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिएका छन् ।
बुधवार निर्वाचन आयोगले संघसंस्था र युवा प्रतिनिधिसँग आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो चेतावनी दिएका हुन् ।
थपलियाले राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ र भयरहित रूपमा सम्पन्न गराउन सघाउनुपर्ने भएकाले आचारसंहिताको उल्लंघन र निर्देशनको अवज्ञा भएमा उल्लंघनकर्तालाई महंगो पर्न सक्ने चेतावनी दिए ।