काठमाडौं । प्रदेश नम्बर–१ का वन, वातावरण तथा भू(संरक्षणमन्त्री शेखरचन्द्र थापाको उपचारका क्रममा निधन भएको छ । आज (बुधबार) बिहान साढे १० बजे विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
थापा आसन्न प्रदेशसभा सदस्य निर्वाचनमा उमेदवार समेत रहेका थिए । उनी मोरङ निर्वाचन क्षेत्र नम्बर–३ ‘क’बाट उमेदवार बनेका थिए ।
प्रबन्धक दाहालका अनुसार थापामा निमोनिया देखिएको थियो । पछि डेंगी संक्रमण पनि भएको थियो । काठमाडौंको ह्याम्स अस्पतालमा उपचारकाक्रममा उनको मृत्यु भएको हो ।