काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा आमसभा गर्ने भएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारी अनुसार कात्तिक २५ गते बसन्तपुरमा आमसभा गर्ने तयारी छ ।
आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।
सभामा काठमाडौं उपत्यकाभित्र रहेका प्रतिनिधिसभा र प्रदेश सभामा राप्रपाबाट उम्मेदवारहरूले पनि बोल्ने बताइएको छ ।
राप्रपाले देशभर एक सय ४२ प्रतिनिधिसभा क्षेत्र र दुई सय ८६ प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दिएको छ ।