• बैशाख २७ २०८३, आईतवार

अख्तियारद्वारा विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दाविरुद्ध सर्वोच्चमा पुनरावेदन

कार्तिक २२ २०७९, मंगलवार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दा विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

विशेष अदालतबाट भएका फैसलामा चित्त नबुझेपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन दिएको जनाएको छ ।

मंगलबार आयोगले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो ।

जम्मा २५१ प्रतिवादीका १२४ मुद्दाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।