काठमाडौं । नेपाली कांग्रेसका पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्ने बताएका छन्।
कांग्रेस भित्र संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा हुने र सरकारको नेतृत्व परिवर्तन सम्भव हुने भएकाले उनले आफू सांसद हुन जरुरी भएको बताएका छन् ।
पार्टीको काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिले मंगलबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं–४ मा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन जितेर गए कांग्रेसमा मात्रै संसदीय दलको निर्वाचन हुने र मतदाताले चाहे अनुसारको नेतृत्व परिवर्तन हुने पटकपटक दोहोर्याए।
त्यसका लागि काठमाडौं क्षेत्र नम्बर ४ का अगुवाले आफूलाई जिताउनका लागि बाँकी समय लागिदिनुपर्ने महामन्त्री थापाको अनुरोध थियो। महामन्त्री थापाले संसदीय व्यवस्थामा संसदमा जितेमात्रै संसदीय दलमा निर्वाचन लड्न पाउने भएकाले त्यसका लागि आफूलाई निर्वाचित गराउन सबैले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे। उनले आफूलाई सांसदमा निर्वाचन गराएर पठाए १० वर्षमा मुलुकको राजनीतिकलाई पूरै सुधार गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।
‘बहुमत ल्याउन चाहन्छौं । बहुमत किन ल्याउन चाहन्छौं ? स्थिर सरकार चलाउन चाहन्छौं । स्थिर सरकार किन चलाउन चाहन्छौं ? हामी जनतासँग गरिएका बाचाहरु पूरा गर्न चाहन्छौं । जनतालाई निराशाबाट बाहिर ल्याउन चाहन्छौं’, उनल भने, ‘जनजीविकासँग जोडिएका विषयहरुलाई सम्बोधन गर्न चाहन्छौं । यसका निम्ति हामी एक ठाउँमा हो । यसलाई हामी प्रयोग गर्न चाहन्छौं।’
महामन्त्री थापाले अवको निर्वाचनपछि पनि मतदाताको प्रतिष्ठा राख्ने काम सांसदहरुले नगरे मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थानै नरहने चेतावनी समेत दिए।
जनप्रतिनिधिले अब पनि मतदाताहरुमाथि निर्वाचनमा गरेको बाचा अनुसार काम नगरे उनीहरुले फेरी चुनाव लडन नपाउने पनि उनले बताए।
महामन्त्री थापाले सत्तारुढ गठबन्धनको आगामी निर्वाचनपछि बहुमत आउने दावी गर्दै त्यसपछि पाँच वर्षसम्म एकतावद्ध भएर जनताको भावना अनुसार काम गर्न प्रतिवद्ध हुनुपर्ने पनि बताए । महामन्त्री थापाले नागरिकमा निराशा छाएको भन्दै उनीहरुलाई आशा जगाउने गरी काम गर्न नसकिए आक्रोश छाउने र मुलुक बरबाद हुने बताए।
‘हामी ठूलो जिम्मेवारी लिएर संसदमा जाँदैछौं। यो जिम्मेवारीबाट कथमकदाचित हामी कुनै पनि कारणले चुक्यौं भने त्यसको मूल्य पहिला हामीले चुकाउनु पर्छ। प्रकारन्तरले देशका चुकाउनुपर्नेछ । समयले चुकाउनुपर्नेछ ।
त्यसकारण त्यहाँ गएर इमान्दारितापूर्वक नडराईकन काम गर्न चाहन्छु’, उनले भने, ‘त्यसका लागि तपाईको साथ चाहिएको हो। एक्लैले सक्दिनँ। टिम चाहिन्छ । यस पटक पाइएको मतको प्रतिष्ठा राख्न सकिएन भने अर्को पटक उठ्न पाईदैन। यस पटक मतदातको इज्जत राख्न सकिएन भने अर्को पटक मत माग्ने व्यवस्था नै बाँकि रहँदैन। अवस्थाको कुरा छोडिदिऊ । यो कुरामा हामीहरु सचेत छौं