काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि सुदूरपश्चिम जाने भएका छन् ।
१८ कात्तिकमा दार्चुलाबाट चुनावी सभा सुरु गरेर केही दिन अघि काठमाडौं फर्किएका ओली चुनावी सभालाई सम्बोधन गर्न फेरि जाने भएका हुन् ।
२६ कात्तिकमा सुदूरपश्चिमका तीन स्थानका आमसभालाई ओलीले सम्बोधन गर्ने एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले जानकारी दिए । उनका अनुसार ओलीले २६ कात्तिक बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
ओलीले कात्तिक १८ गते पनि दार्चुला, बैतडी र कञ्चनपुरको महेन्द्रनगरका तीनवटा सभालाई सम्बोधन गरेका थिए ।