• बैशाख २७ २०८३, आईतवार

देउवाको जिल्लामा आफूलाई चुनाव प्रचारमा रोक लगाइएको भन्दै सागर ढकालले जनतासित मागे साथ

कार्तिक २१ २०७९, सोमबार

काठमाडौं । डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारप्रसारमा रोक लगाइएको दावी गरेका छन् ।

सबै प्रशासन देउवाको मुनि रहेको उल्लेख गर्दै उनले जनता गुहार्नु बाहेक आफ्नो सामू अरु विकल्प नभएको बताएका छन् ।

‘मलाई जोगाइदिनुस्– जता गुहार्नु बाहेक केही बाँकी रहेन’, उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ ।’

उनले आफूलाई प्रचारप्रसारमा डडेलधुरामा रोक लगाइएको दाबी गर्दै भनेका छन्, ‘शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आँखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पाङ जस्तो गरी माइकिङ गर्न पनि दिएको छैन । मलाइ रोकेको छ ।’