• बैशाख २७ २०८३, आईतवार

तोसिमा कार्कीको उम्मेदवारविरुद्धको भ्याकेट रिट ‘हेर्न नभ्याइनेमा’

कार्तिक २१ २०७९, सोमबार

काठमाडौं । निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार दिएकी डा.तोसिमा कार्कीको उम्मेदवार खारेजीको लागि दिएको भ्याकेट निवेदनमाथिको सुनुवाइ हेर्न नभ्याउने सूचीमा परेको छ ।

गत मंगलबारको सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध परेको रिटको मंगलबारको सुनुवाइ हेर्न नभ्याइनेमा परेको हो ।

उक्त अन्तरिम आदेश बदर गरी पाउँ भनि गत शुक्रबार आयोगले सर्वोच्च अदालतमा निवेदन दिएको थियो । उक्त निवेदनउपर सुनुवाइ गर्न सोमबारका लागि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको थियो । तर, ‘हेर्न नभ्याइने’मा परेको छ ।

गत मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।