काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट नजिकै टिपरले चुँडालेको तारमा करेन्ट प्रवाह हुँदा १ जनाको मृत्यु भएको छ । ना.८ ख ३८४९ नम्बरको टिपरले माटो खसालेर ब्याक गर्ने क्रममा विद्युतको तार चुडेको थियो ।
सो तारबाट चुहिएको करेन्ट लागेर मोटरसाइकलमा सवार बहुदरमाई नगरपालिका–४ घर भएका ४५ वर्षीय नागेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । दुर्घटना लगतै टिपर चालक फरार छन् ।