• जेष्ठ ५ २०८३, मंगलवार

रुपन्देहीमा श्रीमान र श्रीमती मृत अबस्थामा फेला

कार्तिक २१ २०७९, सोमबार

काठमाडौं । रुपन्देहीमा श्रीमान् र श्रीमती आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।

कतारबाट छुट्टी आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ।

देवदह नगरपालिका–५ काे पाल्पाली टोलमा श्रीमानको शव झुण्डिएको अबस्थामा र श्रीमतीको शव तन्नाले बेरिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटना बारे अनुसन्धान भइरहेको देवदह प्रहरी चौकीका प्रमुख गंगाबहादुर सारुले जानकारी दिए।