• जेष्ठ ५ २०८३, मंगलवार

विश्वकप अवधिभर नेपाली दूतावास चार घण्टा मात्रै खुल्ने

कार्तिक २१ २०७९, सोमबार

दोहा । विश्वकप-२०२२ को अवधिभर कतारस्थित नेपाली दूतावास चार घण्टा मात्रै खुल्ने भएको छ ।

कतार सरकारको मन्त्रीपरिषद्ले गरेको सरकारी कार्यालयहरू खुल्ने समय परिवर्तनसम्बन्धि निर्णयलाई ध्यानमा राख्दै कार्यालयको समयावधि घटाइएको दूतावासले जनाएको छ ।

एक सूचनामार्फत नोभेम्बर १३ देखि १९ डिसेम्बरसम्म स्थानीय समयअनुसार बिहान ७ देखि ११ बजेसम्म मात्र दूतावास खुला रहने जनाइएको छ । अत्यावश्यक काम, जरुरी जानकारी तथा कन्सुलर सेवाको लागि दूतावासको ४४६७५६८१ र ४४६७५६८३ नम्बरमा दिउँसो २ बजेसम्म सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । २० डिसेम्बरदेखि दूतावास पूर्ववत् नियमित कार्यालय समयअनुसार खुला रहने सूचनामा उल्लेख छ ।

कतारले आगामी २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने बहुप्रतिक्षित फिफा वर्ल्ड कप २०२२ लाई सफल बनाउन कार्यालय समयावधि घटाएको हो ।