• जेष्ठ ५ २०८३, मंगलवार

देशभर पश्चिमी वायुको प्रभाव,यी ४ प्रदेशमा वर्षाको सम्भावना

कार्तिक २० २०७९, आईतवार

काठमाडौं ।  मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ।

बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

राति गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनीका पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षा हुनसक्ने ठानिएको छ।