• जेष्ठ ५ २०८३, मंगलवार

पूर्वप्रहरी संगठनको ३१औं साधारणसभा सम्पन्न

कार्तिक १८ २०७९, शुक्रबार

काठमाडौं । नेपाल पूर्वप्रहरी संगठनको केन्द्रिय कार्यालयको ३१औं साधारणसभा सम्पन्न भएको छ । संगठनका कार्यवाहक अध्यक्ष रुपसागर मोक्तानको सभापतित्वमा सभा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल प्रहरी महिला संघका संस्थापक अध्यक्ष बसुन्धरा लामा र सो संगठनका संस्थापक उपाध्यक्ष सावित्री लामा प्रमुख अतिथिका रुपमा उपस्थित हुनुुहुन्थ्यो । सभामा उपस्थितहरुलाई संस्थाका वरिष्ठ उपाध्यक्ष विनोदसिंह शाहले स्वागत मन्तव्यबट स्वागत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन नारायण गिरिले गर्नु भएको थियो ।

सो अवसरमा संगठनका लागि भूमीदान गर्नुहुने रुकुम जिल्लाका झगबहादुरलाई सम्मान गरिएको थियो भने सो संगठनका प्रदेश नं १ बाट बाबुराम श्रेष्ठ, २ नम्बर प्रदेशबाट गोविन्द झा, ३ नं प्रदेशबाट मीनबहादुर, सिन्धुली जिल्लाका अध्यक्ष लोकबहादुर पुरी र महिला संघको उपाध्यक्ष सावित्री लामा लागतयले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

साथै सभाको दोस्रो सत्रमा सबै जिल्लाका अध्यक्षहरुले आ–आफ्ना जिल्लाका गतिविधिहरु बारे जानकारी दिएका थिए । उनीहरुले सो अवसरमा राज्यबाट पूर्वप्रहरीहरुले पाउनुपर्ने सुविधाहरुका बारेमा पनि सुझावहरु दिएका संस्थाका केन्द्रिय सदस्य वीरसिंह घलेले जानकारी दिनुभयो ।