• बैशाख २७ २०८३, आईतवार

भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउँछौँ : अध्यक्ष ओली

कार्तिक १८ २०७९, शुक्रबार

दार्चुला । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताएका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेको राष्ट्रव्यापी चुनावी अभियानको आज दार्चुलामा उद्घाटन गर्दै उहाँले सो धारणा राखेका हुन् ।

चुच्चे नक्सामा समेटिएको भूमि दार्चुलामा पुगेर ओलीले भन्नुभयो, “हामीले नक्सामात्र होइन लिपुलेक, लिम्पियाधुरासहितको भूमि पनि फिर्ता ल्याउछौँ । राष्ट्रियताको रक्षाका लागि एमाले प्रतिबद्ध छ, हामीले हाम्रो भूमि एक इञ्च पनि छोड्दैनौँ ।”