• जेष्ठ ५ २०८३, मंगलवार

आजको मौसम: यी प्रदेशका पहाडी जिल्लामा वर्षाको सम्भावना

कार्तिक १८ २०७९, शुक्रबार

काठमाडौं । आज प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।   मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ। महाशाखाका अनुसार शनिबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।