• जेष्ठ ५ २०८३, मंगलवार

सन्दिपको वकिलले इजलासमा पेश गरे पीडित भनेकी किशोरी नाबालिग नभएको प्रमाण

कार्तिक १७ २०७९, बिहीबार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको नाबालिग बलात्कारसम्बन्धी मुद्दामा तीन दिनदेखि सुनुवाइ जारी छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस भइरहेको छ ।

बिहीबार सन्दीपकै पक्षमा वकिलहरुले बहस गरिरहेका छन्। बुधबार अधिवक्ताहरु रोशन पौडेल र मुरारी सापकोटाले बहस गरेका थिए। बुधबारको बहसमा अधिबक्ता मुरारी सापकोटाले किशोरी बालिग भएको प्रमाण न्यायाधीशसमक्ष पेश गरेका थिए । उनले बहसका क्रममा तीन वटा प्रमाण पेश गरेको बताए ।

जसमा पीडित २०६१ असार १८ गते जन्मिएर गत भदौमा घटना हुँदाको समय १८ वर्ष ३ महिना पूरा भइसकेको जन्मदर्ताको प्रतिलिपि, कक्षा ८ मा भर्ना हुँदा कायम भएको उमेरको कागजात र बसाइँसराइ गरेर जाँदा उमेरसहितको विवरण समेटिएको सरकारी कागज पेश गरिएको छ।