काठमाडौं । विराटनगर महानगरपालिकामा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर-१२ का ३८ वर्षीय सजन कामत रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
गत शुक्रबार दिउँसो कामतले घरमा कोही नभएको मौका छोपेर ती बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। कामत इलेक्ट्रिसियन मिस्त्री हुन् । घरको विद्युतमा समस्या आएपछि पीडित बालिकाका बुबाले इलेक्ट्रिसयन कामतलाई बाेलाएर आफू काममा हिँडेका थिए ।