काठमाडौं । स्कूल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर १ बालकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित बेस्ट्स मन्टेस्वरी ईलिमेन्ट्री स्कूलमा अध्ययनरत १३ वर्षीय बालकको मृत्यु भएको हो।
स्कूलको छुट्टी भएर घर फर्किरहँदा बुधबार अपराह्न ३:३५ बजेको समयमा स्कूलको गेटमा रहेको रुखमा टाउको ठोक्किएर उनी घाइते भएका थिए। टाउको रुखमा ठोक्किएर गम्भीर घाइते भएका उनलाई स्कूलले उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएको थियो। अस्पतालमा उपचारका क्रममा उनको बिहीबार बिहान २:२१ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले बसका चालक रोशन अधिकारीलाई नियन्त्रणमा लिएको छ। उक्त घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।