• जेष्ठ ५ २०८३, मंगलवार

१५ वर्ष जेल जीवन बिताइरहेका नेपाली कामदार विवेकलाई साउदी सरकारद्वारा मृत्युदण्ड

कार्तिक १७ २०७९, बिहीबार

काठमाडौं । विगत १५ वर्षदेखि जेलजीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई साउदी अरब सरकारले मृत्युदण्ड दिएको छ । नेपाल सरकारले बारम्बार गरेको आग्रहलाई अस्वीकार गर्दै साउदी अरबको सरकारले दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो ।

दाहालको शवलाई परिवारको सहमतिबिनै दफन गरिएको छ । उनलाई मृत्युदण्ड दिइएको ४८ घन्टापछिमात्र नेपाली दूतावासलाई सूचना दिइएको हो ।

दाहालले मोरङका आफन्त राजेन्द्र विष्टको सन् २००७ सालमा हत्या गरेका थिए । सो घटनामा घाइते भएका सुडानी नागरिकको दुवै आँखामा क्षति पुगेको थियो ।

साउदीसहित प्रमुख गन्तव्य मुलुकमा कम्तीमा १० नेपालीले मृत्युदण्डको सजाय पाइसकेका छन् । विभिन्न अपराधमा सजाय पाएका झन्डै ५ सय नेपाली जेलमा छन् ।