• बैशाख २७ २०८३, आईतवार

प्रधानमन्त्री देउवा चुनाव प्रचारका लागि गृह जिल्ला जाँदै

कार्तिक १७ २०७९, बिहीबार
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज चुनावी प्रचारका लागि आफ्नो गृह जिल्ला डडेलधुरा जाँदै छन् ।

कांग्रेस सभापति समेत रहेका देउवाले आज मध्यान्ह १२:३० बजे अमरगढी नगरपालिकास्थित बसपार्कमा हुने आमसभालाई सम्बोधन गर्न डडेलधुरा जान लागेका हुन् ।

बुधबार धनगढी पुगेका देउवा आज त्यहाँबाट डडेलधुरा जाने कार्यक्रम छ । देउवा मंसिर ४ मा हुने चुनावका लागि सत्ता गठबन्धनका तर्फबाट डडेल्धुरामा उम्मेदवार छन्। डडेल्धुरामा एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र छ। देउवा २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आइरहेका छन्।