• बैशाख २७ २०८३, आईतवार

महिला हिंसा नियन्त्रण गर्न मेयर बालेनले कर्मचारीलाई दिए यस्तो निर्देशन

कार्तिक १६ २०७९, बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले इमान्दार भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै मेयर बालेनले कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने बताए ।

उनले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन नहुने धारणासमेत राखे । जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरूपण गराउन भ्रष्ट आचरण भएकाहरूले बाधा अवरोध र्पुयाउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने मेयर शाहले बताए ।

‘नेपालमा के चलन छ भने ठूल्ठूला केसहरू फेरि मेलमिलापमै समाधान हुन्छन् । स–साना केसहरू चाहिँ ५ वर्ष, १० वर्ष अदालतमा अड्किन्छ । त्यो हुनुहुन्न । एकदमै जघन्य अपराध भएका कुराहरूलाई पनि हामीले मेलमिलाप गरेर सल्टयाइ दिन्छौँ । त्यस्तो हुुनु हुँदैन । त्यो चाहिँ जुन अदालतमै जानुपर्ने, जुन एकदमै जघन्य अपराधमा पर्छ । जसका लागि सजायनै हुनुपर्दथ्यो । त्यस्ता चिजहरूमा मेलमिलाप हुनुहुँदैन,’ उनले भने ।
मेयर साहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसा लगायतका जघन्य अपराधका घटनालाई निष्तेज पार्न सकिने बताए ।